पाल्पामा भएको दुर्घटना प्रति मुख्यमन्त्री द्धारा दुःख ब्यक्त, उपचारमा कमिहुन नदिन निर्देशन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पाल्पामा भएको सवारी दुर्घटनाले स्तब्ध एवम् मर्माहत बनाएको वताएका छन ।

आज एक बिज्ञप्तीमा जारी गर्दे मुख्यमन्त्री चौधरीले दुर्घटनामा परी ज्यान गुमाउनेहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु । दुर्घटनाले निम्त्याएको जन धनको ठूलो क्षेतीले मर्माहत बनाएको छ ।

उनले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमि हुन नदिन सम्बन्धित पक्ष र निकायलाई निर्देशन दिएका छन।

मुख्यमन्त्री चौधरीले उद्दार र उपचारमा खट्नुहुने सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयलाई धन्यवाद दिदै दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष गम्भीर बन्न आग्रह गरेका छन ।

दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको र आबश्यक सुधारका लागि लाग्ने मुख्यमन्त्री चौधरीले बिज्ञप्तीमा उल्लेख गरेका छन। ।

यस्तो छ शोक विज्ञप्ती

सम्बन्धित शिर्षक :