चितवन मेडिकल कलेजका बिद्यार्थीमाथि प्रहरीद्वारा लाठीचार्ज !

स्वास्थ्य समाचार, २० मङ्सिर । चितवन मेडिकल कलेजमा धर्ना बसेका बिद्यार्थी माथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट एमबिबिएसका बिद्यार्थीहरु घाइते भएका छन ।

लाठीचार्जबाट चितवन मेडिकल कलेज दोस्रो वर्षमा अध्यनरत पिश जोन जोशी र प्रथम वर्षमा अध्ययनरत भावना राजवंशी घाइते भएका छन ।
कलेजकाे प्रशासन शाखामा बिद्यार्थीले लगाएको ताला बिना जानकारी खोलिएको भन्दै बिद्यार्थीद्वारा प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गरेपछि बिद्यार्थीहरु थप आक्रोशित भइ प्रहरीसंग झडपको स्थिति बनेको थियो ।

सम्बन्धित शिर्षक :