जटिल प्रकृतीका रोगको उपचार जिल्लामै :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार / प्रदेश नं५को रुकुम(पूर्व)मा जिल्ला अस्पताल उद्धघाटन भएको छ।अस्पतालको प्रदेश ५कामुख्य मन्त्री शंकर पोखरेले उद्धघाटन् गरे ।

उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अव रुकुम पूर्वका स्थानीय स्वाथ्य सेवाबाट बन्चित नहुने बताए।जिल्ला बासी समान्य उपचारको लागि बाहिर जिल्लामा जाने गरेको बताउदै उनले अवका दिनमा जिल्लामा नै जटिल प्रकृतीको रोगको उपचार पाउने वताए ।

जनताले स्वास्थ्य सेवा शुलभ र सहज रुपमा लिन सकुन भनि सरकारले स्वास्थ्य बिमाको अवधारण ल्याएकोले अव स्वास्थ्य बिमा मार्फत जनताले स्वास्थ्य सेवामा शुलव र सहज रुपमा स्वास्थ्य सेवा पाउने वताए । मुख्यमन्त्री पोखरेले जिल्लालाई अग्रानिक जिल्ला बनाएर स्थानीयको पोषणमा ख्याल गर्न स्थानियतह हरुलाई आग्रह गरे ।

स्वास्थ्यचौकीको नाममा १४ रोपनि जग्गा रहेको र गाउँपालिकाले २१ रोपनि जग्गा दिएसगै ३५ रोपनि क्षेत्रफलमा अस्पतालका भौतिक पर्वाधार निर्माण गरिने भएको छ । जिल्ला अस्पताल ५० सैयाको हुने प्रतिनिधिसभा सदस्य कमला रोकाले वताईन । संघिय र प्रदेश सरकारको संयुक्त पहल, लगानि र निर्णयमा अस्पताल बनेको उनको भनाई छ ।

जिल्ला समन्वय समिति गजेन्द्र बहादुर ओलीको अध्यक्षतामा भएको उद्धघाटनमा पूर्व आपुर्ति मन्त्री गणेशमान पुन, प्रदेश सभा सदस्य तेजबहादुर ओली, लगायतको आतिथ्यता रहेको थियो । नयाँ जिल्लाको मान्यता पाएको साढे दुई वर्षपछि जिल्ला अस्पताल उद्धघाटन भएको हो ।

सम्बन्धित शिर्षक :