स्वास्थ्यको निर्देशनपछि तिलोत्तमाबाट २८ स्वास्थ्यकर्मीको काज फिर्ता

स्वास्थ्यसमाचार/  २५ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोहोरो सहमति लिएर कामकाज गरिरहेका स्वास्थ्यका कर्मचारीलाई १ साउनबाट दरबन्दी भएको स्थानमा फर्कन निर्देशन दिएपछि तिलोत्तमा नगरपालिकाले २८ जना स्वास्थ्यकर्मीको काज फिर्ता गरेको छ।

समायोजन र फाजिल दरबन्दी भन्दा बढी रहेका २८ जनाको काज फिर्ता भएको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ।स्वास्थ्य शाखा प्रमुख धुर्ब घिमीरेका अनुसार नगरपालिकामा ४५ जनाको दरबन्दी र २ जना फाजिल बाहेका अन्य दोहोरो काज समायोज मिलान लगाएका सबैको काज फिर्ता भएको बताउनु भयो।

स्वास्थ्य शाखा प्रमुखको दरबन्दी खाली रहेको र आफु लुम्बिनीबाट त्यो दरबन्दीमा आएको भएपनि समायोजन मिलान पछिका सबैको फिर्ता भएको बताउनु भयो।

तिलोत्तमा मात्र नभएर रुपन्देहीका अन्यपालिकाले पनि दरबन्दी भन्दा बढी कर्मचारीलाई फिर्तागर्ने प्रकृर्या सुरु गरेको पालिकालेहरुले बताएका छन। सबैभन्दा बढी काजमा रहेका तिलोत्तमा बुटबल सैनामैना नगरपालिका रहेका छन भने अन्यपालिकाले पनि स्वास्थ्यका कर्मचारीलाई काजमा राखेको छ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम कर्मचारी समायोजन क्रममा फाजिलमा रहेका तथा समायोजन नभएका कर्मचारीलाई मन्त्रालयले आवश्यकता अनुसार कामकाजमा खटाउने भएको बताएको छ ।

सम्बन्धित शिर्षक :