जनताको घर दैलोमा रातदिन खट्ने स्वयंसेविकालाई छैन निःशुल्क उपचार

बिन्दु भट्टराई स्वास्थ्यसमाचार /आधारभूत तहका स्वास्थ्य जानकारी समाजमा फैलाउने काममा खट्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुका सुविधा खासै ठूला हुँदैनन् । अरुको उपचारमा खटिने, तर आफ्नै औषधी उपचारको लागि आफैले रकम खर्च गर्नुपर्ने पीडाबाट उनीहरु गुज्रिएका छन् । बिना सुविधा काममा खटिंदा आफूहरुको निःशुल्क औषधि उपचारको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । रुपन्देहीको तिलोत्तमा ८ मणिग्रामकि राधिका पाण्डेले स्वयंसेविकाको रुपमा काम गर्न थालेको २४ वर्ष भयो । २०५२ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रहेकी उनले सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गरिदिए आफूजस्ता थुप्रै स्वयंसेविकालाई राहत मिल्ने बताउँछिन् । “अरुको उपचारमा खटिंनुपर्दाको पीडा त…