एचआइभी संक्रमितका लागि स्थानीयतहवाट सहयोगको आवश्यक

गुल्मी / गुल्मीको सदरमुकाम तम्घासमा भएको एक कार्यक्रममा सहभागीहरुले एचआइभी संक्रमितहरुका लागि स्थानीयतहको बिशेष सहयोगको आवश्यक रहेको बताएका छन् । आप्रवासी तथा तिनीहरुको दम्पत्तीको लागि एचआइभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालासँग समन्वय तथा समीक्षा बैठकमा उनीहरुले यस्तो बताएका हुन् । स्वास्थ्य कार्यालय गुल्मीका एआरटी प्रमुख पुष्कर घिमिरेले आर्थिक अवस्था कमजोर र भौगोलिक दुरीका कारण सदरमुकाम देखि टाढा रहेका संक्रमितहरूलाई भाइरल लोड परीक्षण गर्न समस्या हुने गरेको बताउनुभयो । जसका कारण संक्रमित बिरामीहरूले औषधी सेवन गर्न बीचमै छोड्ने गरेका छन् । सहजताका लागि स्थानीय तहहरुले बिशेष सहयोग गर्नुपर्ने देखिएको उहाँको भनाइ छ…