बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ९० पुग्यो

नेपालगन्ज /बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई तीन दिनदेखि दादुराको खोप लगाउन थालेका छन् ।सोमबारसम्म २१ सय १९ जनाले खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । नेपालगन्ज उपमहानगरपालिकामा एक सातायता दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप प्रदान गर्न सुरु गरिएको हो । उपमहानगरको १, ५, ७, ८, ९,…