गोरखा जिल्ला अस्पतालमा ड्युटीमा रहेका डाक्टर कुटिए

स्वास्थ्यसमाचार/गोरखा जिल्ला अस्पतालमा ड्युटीका डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालका डा.अविनाश पराजुलीमाथि कुटपिट भएको हो । बिरामी महिलाका पति र अन्य दुई जनाले अस्पतालको कोठामा पसेर डा. पराजुलीमाथि लात्ती र मुक्का प्रहार गरेका थिए । अस्पतालका डाक्टर कुटपिटपछि कानुनी कारबाही गरियोस् भन्दै कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । गण्डकी स्वास्थ्य निर्देशनालयले अस्पताल ओपिडीमा भएको घटनाप्रति गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्देशनालयले डाक्टरमाथि कुटपिट र दुव्र्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले…