लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था सम्बन्धी अध्यादेश पेस

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेस भएको छ । सभाको छैटौँ बैठकमा स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेस गरेका हुन् । बैठकमा मुख्यमन्त्री लीला गिरीकोतर्फबाट स्वास्थ्य मन्त्री पन्थीले नै मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन तथा कार्य विभाजन सम्बन्धी पत्रहरू पढेर सुनाएका थिए । लुम्बिनी प्रदेश सरकार तीन पटक बिस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा…