स्वास्थ्यसमाचार/ बुटबलको कोरोना अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी बिस्नु गौतमले दिएको जानकारी अनुसार कपिलवस्तु शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान साढे ४ बजे मृत्यु भएको वताए ।
बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा २१ भदौमा कोरोना पुष्टि भएपछि भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेको थियो । उनी मिर्गौला रोगबाट पीडित रहेको डायलासिस भइरहेको डा गौतमले बताए ।
प्रतिकया दिनुहोस्