स्वास्थ्यसमाचार/सल्यानमा ४५८ जनमाा ‘स्क्रब टाइफस’ संक्रमण पुष्टि भएको छ । सल्यानका सात पालिकामा फैलिएको कीटजन्य सरुवा रोग ‘स्क्रब टाइफस’ बाट ४५८ जना सङ्क्रमित भएका हुन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको पछिल्लो अद्यावधिक विवरण अनुसार जिल्लाभर सरकारी र निजी दुवै क्षेत्रका स्वास्थ्य संस्थामा दुई हजार ३२२ जनाको परीक्षण गर्दा ४५८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
जिल्लाको सङ्क्रमण दर १९.७२ प्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।सङ्क्रमणको विवरण अनुसार महिला यस रोगको उच्च जोखिममा परेका छन् ।
जम्मा ४५८ जना सङ्क्रमितमध्ये ७८.६० प्रतिशत अर्थात् ३६० जना महिला र २१.४० प्रतिशत अर्थात् ९८ जना मात्र पुरुष रहेका छन् ।
खेतबारी, घाँस, दाउरा र पशुपालनको काममा महिलाको प्रत्यक्ष संलग्नाता बढी हुने भएकाले उनीहरूमा माइट (सूक्ष्म किरा) को टोकाइको जोखिम अत्यधिक देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।
जिल्लाभर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ, जसमा एक जना महिला र सात जना पुरुष रहेका छन् ।


प्रतिकया दिनुहोस्