वीर अस्पतालमा उपचाररत गणेश नेपालीको निधन

स्वास्थ्यसमाचार/ त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउसो आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा बर्न वार्डको आईसीयूमा भेन्टिलेटर सपोर्टमा उपचाररत् नेपालीको आज बिहान ११:२० मा निधन भएको हो ।

यसअघि गएराती सरकारले उनलाई थप उपचारका लागि भारत लैजाने बताएको थियो । तर विहान पख स्वास्थ्यमा थप जटिलता देखिएको भन्दै भारत लैजाने योजना स्थगित भएको भनेको थियो ।वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए ।

अनुहार, टाउको, घाँटी छाती गरी ५५ प्रतिशत बढी जलेको भन्दै चिकित्सकहरुले अवस्था गम्भीर रहेको बताएका थिए ।नेपाली मृत्यु प्रक्ररण पछि प्रहरीले महानगरका तीन प्रहरीलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको छ ।

यता माइतीघरमा युवाहरुले विरोध गरेका छन् भने वीर अस्पताल वरपर पनि भीड जम्मा भएको छ । अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ

सम्बन्धित शिर्षक :