कोरोना पछिको कालोबजारी भाईरस

रचना ः राजु चन्द ठकुरी

संसार नै आज कोरानाको त्रासमा भएपछि
दिनदिनै हजारौं मानिसको ह्रासमा भएपछि
के गर्न नै सकिन्छ र उचित रोकथामका लागि
हजारौं वैज्ञानिक पनि औषधि पत्तालाउन असफल भएपछि !

जताततै मास्क र स्यानिटाईजरको नाममा लुट भएको छ
मौका यहि हो लुट्ने ब्यापारीलाई पनि छुट भएपछि
संसार नै लकडाउनको अवस्थामा गुज्रिएको छ
कोराना एक ब्यक्तिबाट अर्कोमा सर्ने भएपछि !

प्राप्त स्वास्थ्य सेवा भएका ठुला देश पनि संक्रमणमा छन्
कोरानाले पनि धनि गरिबको भेदभाव नगर्ने भएपछि
गाउँशहर देशबिदेशका सबै क्वारेन्टाइनमा बसेका छन्
कोराना भाईरस नै मृतु शैयामा पुराउने जहर भएपछि !

हातधुन सफासुग्घर हुन रोगको संक्रमण आउनुपर्ने
कोराना महामारी हुन्थेन पहिले देखि नै चेतनशिल भएदेखि
एक घरदेखि अर्को घरपनि अर्को मुलुक भएको छ
जतासुकै कोराना संक्रमणको अतिक्रमण भएपछि !

गरिब मजदुरका घरमा चुलो बल्न धौ धौ भएको छ
लकडाउन र महंगिले दुई पैसो पनि च्यापदिए पछि

स्वास्थ्यकर्मीलाई कोराना नियन्त्रणमा जुट्न गारो भएको छ
व्यक्तिगत सुरक्षा सामाग्री (PPE) को अभाव भएपछि !

भएका खुल्ला नाकाहरु पनि बन्दका बन्दै भएका छन्
संक्रमण व्यक्ति आवतजावत गरि रोग सार्ने भएपछि
महामारि रोकथामका लागि योगदान दिने रहर भएपनि
पछि हट्दै छु आफै सुरक्षित नहुने अवस्था भएपछि !

सम्पूर्ण कोराना नियन्त्रणका लागि लडिरहेका बेला
कसैले रोक्न सकेन कालोबजारिको भाईरस मौलाएपछि
हे महाशय के गर्छौ त्यो थुपारेको कालो धन सम्पत्ति
कोरानाले नै तिमी भष्टचारिलाई छानि छानि लग्ने भएपछि!

आफ्नो स्वास्थ्यको ख्याल आफै सजक भई गर्नुपर्छ
आफ्नो जिन्दगि यात्रा केही लामो तन्काउने भएपछि
आफ्नै लागि घरमै बसि लकडाउनको पालना गर्नुपर्छ
नत्र ज्यानको बाजि लाग्छ कोराना आफ्नै शहर पस्ने भएपछि !

– राजु चन्द ठकुरि (BPH ,Institute of medicine, Central department of public health)

#stayhome #stayhealthy #followlockdown

सम्बन्धित शिर्षक :