डाक्टर सुभाष पाण्डे ११ औं तहमा बढुवा

स्वास्थ्यसमाचार/ प्रदेश लोक सेवा आयोग, लुम्बिनीले स्वास्थ्य सेवातर्फको उच्च तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगको बुटवलस्थित अन्तर्वार्ता तथा सिफारिस शाखाले सूचना जारी गर्दै प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिष्ट (अधिकृतस्तर एघारौं तह) पदको योग्यताक्रम सूची प्रकाशन गरेको हो।

आयोगको विज्ञापन नम्बर ५१००१/२०८२-८३ (अन्तर तह) अन्तर्गत माग भएको एक पदका लागि लिखित परीक्षाबाट ३ जना उम्मेदवार छनौट भएका थिए। जेठ १३ गते सञ्चालन गरिएको अन्तर्वार्ता र लिखित परीक्षाको कुल प्राप्ताङ्कको आधारमा स्थायी नियुक्तिका लागि डा सुभाष पाण्डे  सिफारिसमा पर्नुभएको छ। उहाँलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा नियुक्तिका लागि सिफारिस गरिने निर्णय भएको छ।

यस्तै, आयोगले वैकल्पिक योग्यताक्रमको पहिलो नम्बरमा  डा किसोर बन्जाडे र दोस्रो नम्बरमा  डा जगन्नाथ तिवारीलाई राखेको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :