स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासलाई दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले ४ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई उक्त महाशाखाको प्रमुखको जिम्मेवारी सुम्पिएकी हुन् ।
डा. दास यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फाजिलमा थिए । त्यसअघि उनी नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिए ।
‘आजबाट नीति योजनाको जिम्मेवारी सम्हालेको छु । आफ्नो कार्यकालमा सकेसम्म सुधारको प्रयास गर्नेछु,’ डा. दासले भने ।

प्रतिकया दिनुहोस्