वीर अस्पतालका लेखा अधिकृत १ लाख २० हजार रुपैयाँ घुससहित पक्राउ

स्वास्थ्यसमाचार/ वीर अस्पतालका लेखा अधिकृत ढुण्डिराज दाहाल घुस रकमसहित पक्राउ परेका छन् ।भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडेका दाहाल १ लाख २० हजार ८ सय ५० रुपैयाँ घुसहित पक्राउ परेका हुन् ।

विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई बिल भुक्तानी गर्दा घुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली उनको कार्यकक्षमा पुगेको थियो ।

सो क्रममा उनको कार्यकक्षबाट सो रकम र एक थान मोबाइलसहित उनलाई नियन्त्रणमा लिइएको हो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :