बिस बर्ष पारी अनि बिहेबारी यही हो जिम्मेबारी

फोटो एआई द्धारा

”नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० बर्षको उमेर उपयुक्त हुन्छ । भने कानुनी रुपमा बिबाह गर्न महिला र पुरुष दुबै कम्तिमा २० बर्ष पुरा भएको हुनुपर्दछ ” महिलाको लागि २० देखि ३५ बर्ष र पुरुषको लागी २० देखि ४०/४५ बर्ष सम्मको उमेर उपयुक्त मानिन्छ ।

त्यसैले उमेर २० बर्ष पछाडी र ३० बर्ष अगाडी पहिलो बच्चा जन्माउनु महिलाको लागी बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । सामान्य भाषामा भन्नुपर्दा २० बर्ष पारी अनि बिहेबारी भन्ने भनाई स्वास्थ्यको नाराकै रुपमा चलेको पाईन्छ । बिभिन्न तथ्याङ्क हरुको आधारमा भन्नुपर्दा १९५० देखी १९६० मा २३ बर्षका पुरुष र २० बर्षका महिला १९६० देखी २००३ मा २७ बर्षका पुरुष र २५ बर्षका महिला अनि हालको तथ्याङ्कको आधारमा २५ बर्षका महिला र २६ बर्षका पुरुष हरुको उपयुक्त उमेर भन्ने भेटिएका छन् ।

भने कानुनी रुपमा पनि बिबाह गर्ने उपयुक्त उमेर महिला र पुरुष दुबै २० बर्ष उमेर पुर्ण रुपमा पुरा भएको हुनु पर्दछ । बिबाह २० बर्ष उमेर पुरा भैसकेपछि गर्दा महिला र पुरुष दुबैको शारिरिक परिपक्वता पुर्ण रुपमा हुनुको साथै प्रजनन अंगहरु परिपक्व रुपमा बिकसित हुन्छन । साथै उनीहरु बिबाहको बारेमा बुझन शारिरिक र मानसिक रुपमा परिपक्व हुन सक्ने र बिबाह लाई आप्mनो एउटा सकरात्मक मार्ग रेखाको रुपमा समेत लैजान सक्ने हुनाले बिहे २० बर्ष पछि गर्नु उपयुक्त मानिन्छ ।

यसका फाईदाहरु :

१.महिला तथा पुरुष दुबैमा शारिरिक परिपक्वता आउछ ।

२.प्रजनन अंगहरुको पुर्णरुपमा बिकसित भैसकेको हुन्छ ।

३.परिबारको योजना बनाउन सक्ने क्षमताको बिकास भैसकेको हुन्छ ।

४.महिला तथा पुरुष दुबै आफूमा आत्मनिर्भर भैसकेका हुन्छन ।

५.पुर्ण रुपमा स्वस्थ र तन्दुरुस्त बच्चा जन्मिन्छ ।

६.शारिरिक ,मानसिक ,सामाजिक पारिवारिक तथा संम्बेगात्मक रुपमा परिपक्व भैसकेको हुनाले अन्य खालका नकरात्मक समस्या हरुमा भmलिनु प्रदैन ।

”नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो पटक गर्भबति हुन २० देखि ३० बर्षको उमेर उपयुक्त हुन्छ । भने कानुनी रुपमा बिबाह गर्न महिला र पुरुष दुबै कम्तिमा २० बर्ष पुरा भएको हुनुपर्दछ ” महिलाको लागि २० देखि ३५ बर्ष र पुरुषको लागी २० देखि ४०/४५ बर्ष सम्मको उमेर उपयुक्त मानिन्छ ।

त्यसैले उमेर २० बर्ष पछाडी र ३० बर्ष अगाडी पहिलो बच्चा जन्माउनु महिलाको लागी बच्चा जन्माउने निकै राम्रो उमेर मानिन्छ । दुबै दम्पतीले आप्mनो जिबनको उपयुक्त समय छानी आप्mनो पढाई,काम कार्य जागिर ब्यापार आदी दिनचर्याका कार्यलाई मध्यनजर गरेर बच्चा कहिले जन्माउने,कति जन्माउने,कहाँ जन्माउने,कसरी जन्माउने,र जन्मान्तर कति राख्ने भन्ने बारेमा योजना बद्वतरिकाले बच्चा जन्माउने योजना बनाउन सकिन्छ । योजना बनाउन जरुरी छ ।

किनकि कुनै पनि काम पुर्ब योजना बिना गर्दा कार्य सफलता गराउन अनेक समस्या आइपर्ने र योजना बद्वतरिकाले गरिएका कार्यहरु सजिलै सफलताका साथ सम्पन्न हुने हुदाँ योजना बनाउनु जरुरी छ ।

२० बर्ष उमेर पुरा नभइकन पहिलो गर्भधारण गर्दा आमा मा निम्न जटिलता हुनसक्दछ ।

क. शारिरिक जटिलता : धेरै टाउको दुख्नु , अत्यन्तै पेट दुख्नु ,हिँडडुल गर्न अत्यन्तै असजिलो हुनु , हात खुट्टा  काम्ने , वा मुर्छा पर्नु निकै कडारुपले तल्लो पेट दुख्नु । पाठेघर रप्चर हुनु ,बच्चा जन्माउँदा योनिद्वारा च्यातिनु आदी ।

ख. मानसिक जटिलता : डर लाग्नु , चिन्ता लिईरहनु , एककोहोरो हुनु , जस्ता दिर्घकालिन असरहरू देखिन सक्दछन ।
बच्चामा हुने जटिलता :

क. गर्भावस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्दछ ।

ख. अपाङ्गता हरुमा अटिजम, डाउन सिन्ड्रोम,पैतला अथवा हात बाङ्गिनु ।

ग. बहिरोपन ,मोतियाविन्दु ,ओठ काटिएको ,मुटु सम्बन्धि समस्या आदी देखिन्छन् ।

घ. पाठेघर सानो भएको आमाहरूको कारणले बच्चाको बृद्वि बिकास पुर्ण रुपमा हुन सक्दैन ।

पारीबारीक समस्याहरु : १. शारिरिक समस्या: आमालाई दिर्घकालिन रुपमा स्वास्थ्य समस्या देखिँदा उपचार गर्दा लगातार शरिर कमजोर हुने जस्ता समस्या ।

२.आर्थिक समस्या:लगातारको उपचारमा पैसा खर्चहुने । आर्थिक पाटोमा कमजोर बनिने ।

३. मानसिक समस्या: सधै चिन्तित, डर त्रास भइरहने, पारिवारिक जटिलता समेत आउने ।

४. पारिवारिक योजना अनुसार कार्य गर्न नसकिने ।

५. पारिवारिक झन्झट,चिन्ता, तनाब अनि बैमनास्यता समेत उत्पन्न हुन सक्दछ ।

बिहेबारी र बच्चा २० बर्ष पछि गर्दा निम्नानुसारका पारिवारिक फाईदा हुनसक्दछ ।

१. निरोगी परिवार २.सुखी परिवार ३. खुसी परिवार ४. आर्थिक रुपमा सम्बृद्धि ५. शिक्षा दिक्षा र चेतना बृद्वि गर्न सजिलो ६. योजनाबद्ध कार्यले गर्दा पारिवारिक झैझगडा वैमनस्य आदिबाट टाढा रहन सकिने । ७. आमा बच्चा र परिबारलाई नै शारिरिक,मानसिक,सामाजिक,पारिवारिक,र संम्बेगात्मक रुपमै सफलता हाँसिल हुने ।

यस कारणले गर्दा बिहेबारीलाई २० बर्ष पछाडी नै गर्नु पर्ने कुरामा सचेतना गरौं । पहिलो बच्चा ३० बर्ष भित्रमा जन्माऔँ । जन्मान्तर ३ देखी ५ बर्षको कायम गरौं । यसो गर्दा हरेक बालबालिकाको स्वास्थ्यमा सकरात्मक र सुरक्षित प्रभाव पर्दछ ।लेखक  भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुनुहुन्छ ।

सम्बन्धित शिर्षक :