स्वास्थ्यसमाचार/ बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्ध नगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।
रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए । घटनाको अनुसन्धान हुदै रहेको प्रहरीको भनाई छ ।
प्रतिकया दिनुहोस्