स्वास्थ्यसमाचार/ कपिलवस्तुमा पहिलो पटक सिटिस्क्यान सेवा सुरु भएको छ । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चार नम्बरमा कपिलवस्तु सिटि एण्ड डाइनोस्टिक सेन्टर प्रा.लि. औपचारिक रुपमा संचालनमा आएसँगै सिटिस्क्यान सेवा सुरु भएको हो ।
उक्त सेवा लुम्बिनी प्रादेशिक अस्पतालका १० जना रेडियोलोजिष्ट मिलेर संचालन भएको डा.प्रशान्त आचार्यले वताउनु भयो ।५ बर्षदेखि २७ बर्षसम्म कार्य अनुभव भएका रेडियोलोजिष्टद्धारा सेवा प्रदान गरिने उहाले बताउनु भयो ।
उहाले १० जना रेडियोलोजिष्टबाट सेवा दिने भएकाले सेवाग्राहीलाई छिटो छरितो रुपमा सेवा प्रवाह गरिने वताउनु भयो।२४ सै घण्टा उपलब्ध हुने गरी सिटिस्क्यान सेवा सुचारू गरिएको डा आर्चायको भनाई छ । करिब ३ करोडको लगानीमा सिटिस्क्यान सेवा सुरु भएको उहाले बताउनु भयो।
१६ स्लाइसको सिटिस्क्यान मेसिन सञ्चालनमा ल्याए संगै सिटि स्क्यानका जिल्ला वासीलाई राहत हुने बताउनु भयो ।कपिलवस्तुमा सडक दुर्घटना हुँदा सिटिस्क्यान सेवाकै लागि रुपन्देही लैजानुपर्ने र सो क्रममा घाइतेको ज्यान समेत जाने गरेको डा आर्चायको भनाई छ । यो मेसिनबाट सबै किशीमको स्क्यान हुने उहाले बताउनु भयो।
उदघाटन कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे , समाजसेवी दामोदर न्यौपाने, सुर्य बराल , झलक मल्ल लगायतले सिटिस्क्यान सेवाको शुभारम्भले समग्र कपिलवस्तुको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने काम गरेको वताउनु भयो । यो सेवा संचालनमा आएसँगै जिल्लावासीले राहतको महसुस गर्ने उहाँहरुको भनाई छ ।

 
				
					 
			
 
                             
                             
                            
प्रतिकया दिनुहोस्