आम्दा अस्पताल बुटवलमा फार्मेसी, नर्सिङ र एचए कक्षामा भर्ना खुल्यो

स्वास्थ्यसमाचार/ बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययनका लागी भर्ना खुलेको छ।

बुटवल उपमहानगरपालिकाको पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पीसीएल नर्सिङ र एचए विषयको अध्ययन सुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीईभीटीसँग अनुमति लिई भर्नाका लागी आवेदन फारम खुलाएको छ।

श्रावण १३ गते सम्म भर्ना र १९ गते प्रबेश परिक्षा हुने आम्दा अस्पतालले जनाएको छ । एचए विषयको अध्ययनको लागी ३ लाख २३ हजार २ सय, डिप्लोमा इन फार्मेसी, २ लाख ७० हजार २ सय ४० र पीसीएल नर्सिङको लागी ३ लाख ८० हजार शुल्क तोकिएको छ।

१ सय शैयाको सञ्चालनमा सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सञ्चालनमा रहेकोे छ। यसलाई थप स्तरोन्नती गरि २ सय शैयामा लाने तयारी भैरहेको अस्पतालका निर्देशक डा. बिनोद पराजुलीले बताउनु भयो। बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघले अस्पतालको स्तरोन्नति गर्नका लागि सामूहिक प्रतिबद्धता जनाएका छन।

तत्कालीन नगरप्रमुख सूर्यप्रसाद प्रधानले समझदारी गरी स्थापना गरेको अस्पताललाई थप व्यवस्थित बनाउँदै बुटवल क्षेत्रकै विशिष्टीकृत अस्पतालका रुपमा अगाडि बढाउने गरी काम सुरु भएको अस्पतालका निर्देशक डा. पराजुलीले बताउनु भयो।

सम्बन्धित शिर्षक :