बिरामीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव, प्रहरी परिचालन

स्वास्थ्यसमाचार/ दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामी महिलाको मृत्युपछि अवस्था तनावग्रस्त बनेको छ ।

पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीय भिमी साढुको सोमबार बिहान मृत्यु भएको हो ।

आफन्तले भने डाक्टरको लापरबाहीका कारण ज्यान गएको भन्दै शव समेत उठाउन मानेका छैनन् । मृतकका आफन्तलाई के कारणले मृत्यु भएको भन्ने कुनै जानकारी पनि नदिएको भन्दै शव उठाएका छैनन् ।स्वास्थ्यकर्मीहरुको लापरबाहीकै कारणले मृत्यु भएको भन्दै पीडित परिवारले कानुनी उपचार खोज्ने बताएका छन् ।

सम्बन्धित शिर्षक :