युनिभर्सल मेडिकल कलेज :शुल्क फिर्ता नभएसम्म आन्दोलन नरोक्ने विद्यार्थीको चेतावनी

स्वास्थ्यसमाचार /सेतो एप्रोन कोटमा सजिएका विद्यार्थीहरु मुखमा सेतो मेडिकल मास्क लगाएर भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको मुख्य गेटमा लस्करै बसेका छन ।

हातमा नाराहरु लेखिएका पम्प्लेट र कालो ब्यानर लिएर उनिहरु बिहिवार देखी आन्दोलित छन । कलेजले अवैधानिक रूपमा पैसा उठाएको भन्दै अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने मागसहित उनिहरु आन्दोलित भएका हुन । आगामी बुधबारदेखि हुने बोर्ड परिक्षा बहिष्कार गर्ने घोषणा गरेका उनिहरुले पैसा फिर्ता नभएसम्म आन्दोलन नरोक्ने बताएका छ्न ।

दस दिनअघि चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएम कलेजले लिएको बढी शुल्कबारे उनीहरूले निवेदन दर्ता गरेका थिए। आइओएममा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि विद्यार्थीलेहरूले बिहीबारदेखि आन्दोलन थालेका हुन्।बिहिबार जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई भेटेर सरकारले गरेको निर्णय लागू गराउनसमेत आग्रह गरेका थिए । आगामी नोभेम्बर ६ तारिखदेखी चिकित्सक शास्त्र प्रथम बर्षको बोर्ड परिक्षा समेत छ तर परिक्षाको प्रवाह नगरी विद्यार्थीहरु आफुहरुमाथी कलेज प्रशासनले अन्याय गरेको भन्दै आन्दोलित बनेका हुन ।

आगामी बुधबार देखि हुने प्रथम बर्ष एमबिबीस को परिक्षा बहिष्कार गर्छौं, तर हाम्रो अतिरिक्त शुल्क फिर्ता गराएरै छोड्छौू आन्दोलनरत एक विद्यार्थीले भने । आन्दोलित विद्यार्थीमाथी शुक्रबार प्रहरीले लाठीचार्ज समेत गरेको थियो, प्रहरीको हस्तक्षेपबाट १० जना विद्यार्थीहरु घाईते समेत बनेका चिकित्सा शिक्षा संघर्ष समितिका प्रवत्ता नरेश भट्टले जानकारी दिए।

कलेजका विद्यार्थीहरुले केही दिनअघि मेडिकल कलेजले अवैधानिक रुपमा असुलेको शुल्क फिर्ता गर्न माग गर्दै आइओएममा निवेदन दर्ता गरेका थिए। आइओएममा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि विद्यार्थीलेहरूले आन्दोलन सुरु गरेको विद्यार्थीहरुले बताएका छन । युनिभर्सल कलेजले ३ लाख अतिरिक्त शुल्क लिने गरेको र विद्यार्थीले सबै पैसा फिर्ता गर्नुपर्ने माग राखिराखेका छन ।

अवैधानिक शुल्क फिर्ता गराइदिन सहयोग माग गर्दै युनिभर्सलका विद्यार्थीहरू बिहीबार जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए। विद्यार्थीहरुले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले सरकारले निर्णय गरिसकेकोले तोकेभन्दा बढी लिएको पैसा फिर्ता गराउन सहयोग गर्ने आश्वासन दिएका थिए। सरकारले तोकेभन्दा १० देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीहरूको आरोप छ।

कलेज प्रशासनले कलेज बाहिरका विद्यार्थी ल्याएको भन्दै विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको बताएको छ। चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थीहरु पनि युनिभर्सलका विद्यार्थीलाई साथ दिन त्यहाँ पुगेका थिए। कलेजका प्रशासन अधिकृत राजु बस्नेतले विद्यार्थीहरु कलेजका आन्तरिक मागका बारेमा छलफलको लागि तयार रहेको बताए, उनले बाहिरी विद्यार्थी आएर केन्द्रिय स्तरका मागहरू राख्ने विद्यार्थीलाई भड्काउने भैरहेकोले छलफल हुन नसकेको बताए ।

विद्यार्थीका मागसग हामी सकारात्मक छौ तर न्युनतम प्रक्रिया केही नपुर्याई एक्कासि आन्दोलन भएकोले यस्तो भएको हो । त्रिविले तोकेको परिक्षा सार्नेगरी आन्दोलनको डिजाईन गरिएको र त्यसको लागि गण्डकी मेडिकल कलेजदेखी चितवन मेडिकल कलेजका विद्यार्थीहरु समेत आएर आन्दोलनलाई उक्साउने काम भैरहेको कलेज प्रशासन बताउछ । कलेजभन्दा बाहिरका बिद्यार्थी आएर आन्दोलन गरेका कारण होस्टल जान रोक लगाएको उनको भनाइ छ।

उनले समस्या समाधानका लागि अस्पताल प्रशाशन छलफल गर्न तयार रहेको जानकारी दिए। केही समय अगाडी देखि अबैध रकम असुलेका कलेजहरुलाई फिर्ता गर्न सरकारले निर्देशन दिएपनी कलेजहरु आनाकानी गर्दै आएका छन ।फरकफरक कलेजमा झन्डै १० देखि ४० लाखसम्म विभिन्न बाहानामा अतिरिक्त शुल्क उठाउने गरेको विद्यार्थीको गुनासो छ । अतिरिक्त शुल्क उठाएका विषयमा विश्वविद्यालय, शिक्षा मन्त्रालय, संसदीय उपसमिति, नेपाल मेडिकल काउन्सिललगायत निकायले छुट्टाछुट्टै छानबिन गरिसकेका छन् ।

त्यस क्रममा त्रिभुवन विश्वविद्यालय त्रिवि र काठमाडौं विश्वविद्यालय केयूअन्तर्गतका कलेजले विद्यार्थीपिच्छे थरीथरी शुल्क असुलेको पाइएको थियो । कतिपय मेडिकल कलेजहरुले अवैध शुल्क लिने गरेको, नदिनेलाई प्रयोगात्मक र आन्तरिक परीक्षामा फेल गराएको, परीक्षामा वञ्चित गराएको, मानसिक यातना दिएको, अतिरिक्त शुल्कको रसिद नदिएको, अनुगमनमा नक्कली विद्यार्थी र अभिभावक देखाउने गरेको, नक्कली बिरामीहरु खडा गर्ने गरेको लगायतका समस्याहरु प्रायजस्तो धेरै कलेजहरुमा देखिन्छ्न ।

बढी शुल्क लिएको विरोधमा गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज लगायतका विद्यार्थीहरु आन्दोलन गरेका थिए भने अहिले भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका विद्यार्थी आन्दोलित छ्न । समस्या समाधान गर्न शिक्षा मन्त्रालयले एक महिनाभित्र शुल्क फिर्ता गर्नुपर्ने भनी विद्यार्थी र कलेज सञ्चालकबीच सहमति गरायो तर अझैसम्म कुनै कलेजले शुल्क फिर्ता गरेका छैनन् ।

समयमै समस्या समाधान नभएमा केही दिनमा सुरु हुने प्रथम बर्षको परिक्षा समेत प्रभावित हुने देखिन्छ, भने सयौं विद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने देखिन्छ । सम्बन्धित निकाय यसबारेमा समयमै चनाखो हुनुपर्छ ।

सम्बन्धित शिर्षक :