जिल्ला स्वास्थ्य कार्यालय पाल्पा सहित उत्कृष्ट चार कार्यालय पुरस्कृत

स्वास्थ्यसमाचार/  जिल्ला प्रशासन कार्यलय पाल्पाले उत्कृष्ट कार्यालयको रुपमा स्वास्थ्य कार्यालय पाल्पालाई पुरस्कृत गरेको छ।

जिल्ला प्रशासन कार्यालय, पाल्पा ले जिल्लामा स्वास्थ्य सेवाका प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालनमा स्थानीय तहहरु संग निरन्तर सहकार्य, समन्वय, नियमित खोप तथा कोभिड १९ विरुद्धको प्रथम चरणका खोप कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी जन स्वास्थ्य सुरक्षाका क्षेत्रमा पुयाउनु भएको योगदानको उच्च कदर गर्दै त्यस कार्यालयलाई आ.ब. २०७२/ ८० को अर्धवार्षिक जिल्ला उत्कृष्ट कार्यसम्पादनका स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरी, पुरस्कृत तथा सम्मान गरिएकोे प्रजिअ पन्तले जानकारी दिनुभयो ।

 

 

स्वास्थ्य कार्यलय सैगै उत्कृष्ट कार्यालय प्रमुखको रुपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाही, पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई सम्मान गरेको छ । प्रजिअ पन्तले घरेलु कार्यालयका प्रमुख देवीराम भण्डारीलाई प्रमाणपत्र प्रदान गर्नुभयो । यस्तै भयरहित र निष्पक्ष वातावरण गराउन भूमिका खेल्नुहुने प्रहरी उपरीक्षक शाही र निर्वाचन कार्यालयका निमिक्त प्रमुख विनोद घिमिरेलाई सम्मान गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो ।

कार्यक्रममा पाल्पाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, पालिकाका प्रमुख तथा प्रतिनिधिहरूले समेत आफूले गरेका काम र आइपरेका समस्याबारेमा जानकारी दिनुभएको थियो ।जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजनामा भएको बैठकमा पाल्पाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरू, राजनैतिक दलका नेताहरू, सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अधिकांश कार्यालय प्रमुखहरूले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या भएको बताउनुभएको थियो । यस्तै विकास निर्माणका आयोजना पहुँचको भरमा आउने गरेकाले पनि कार्यान्वयनमा समस्या भएको बताएका थिए ।

विकासे काममा सरकारी कार्यालयहरूबीच नै समन्वय कमजोर हुँदा उपलब्धी प्राप्त गर्न समस्या रहेको कार्यालय प्रमुखहरूको भनाई थियो ।बैठक पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतमा सम्पन्न भएको हो ।

 

सम्बन्धित शिर्षक :