ओमिक्रोनसँग विश्व डराउनुपर्ने अवस्था छैन : डब्लुएचओ

स्विट्जरल्याण्ड / कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । डब्लुएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्षअघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताउनुभयो ।

डब्ल्युएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भन्नुभयो, ‘हामी आत्तिने होइन, ओमिक्रोनविरुद्धको लडाइका लागि तयार र सतर्क हुन आवश्यक छ ।’ दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले पहिलो पटक सो भेरियन्ट पत्ता लगाएका हुन् ।

कोभिड(१९ बाट शरीरमा प्राप्त केही रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने गरेको डब्लुएचओले उल्लेख गरेको छ । डब्लुएचओका निर्देशक माइक र्‍यानले हाल कोभिड(१९ विरुद्ध प्रयोग भइरहेका खोप निकै प्रभावकारी रहेको बताउनुभएको छ । यद्यपि, अहिले नै खोपहरूले ओमिक्रोन भेरियन्टविरुद्ध काम गर्नेरनगर्ने बारे भने अध्ययन भइरहेको बताइएको छ ।

सम्बन्धित शिर्षक :