लुम्बिनी प्रादेशिक अस्पतालमा ‘डुप्लेक्स अक्सिजन प्लान्ट’ संन्चालनमा

१ सय ४२ सिलिण्डर दैनिक उत्पादन क्षमताको प्लान्टले प्रतिसिलिन्डर ४६ लिटर अक्सिजन उत्पादन गर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ‘डुप्लेक्स अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । बिश्व बैंकको सहयता तथा युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिस युएनओपिएस मार्फत् सो डुप्लेक्स अक्सिजन प्लान्ट निर्माण भएको हो ।

एक समारोहका बिच बिश्व बैंकको कन्ट्रि म्यानेजर फरिस हाडाड जेरर्भस ,युएनओपिएसका कन्ट्रि म्यानेजर कमल कार्की र अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराइले रिबन काटेर अक्सिजन प्लान्टको उद्घाटन गरे ।१ सय ४२ सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स अक्सिजन प्लान्टले प्रतिसिलिन्डर ४६ लिटर अक्सिजन उत्पादन गर्ने युएनओपिएसका कन्ट्रि म्यानेजर कमल कार्कीले वताए ।

 

यसमा कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिन्डर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको छ ।यो सिस्टम युएनओपिएसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले वताए । उनले अस्पतालको सेवालाई उत्कृष्ट बनाउन र उपलब्ध साधन स्रोतलाइ सहि रुपमा प्रयोग गरेर बिरामीको सेवा गरिने वताए ।

अहिलेको चुनौतीलाई अवसरको रुपमा लिएर चनाखो भई ईमानदारी पूर्वक काम गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन बिभागका डा मदन उपाध्याय,डा रुद्र मरासीनी,तथा अध्यक्ष भट्टराइले बोल्दै अवसरको सहि सदुपयोग गर्नुपर्ने बताए ।यसप्रकारका डुप्लेक्स अक्सिजन प्लान्ट सातै प्रदेशका प्रादेशीक अस्पतालमा जडान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ‘विस्तारित अस्पताल सेवा’ सुरु भएको थियो ।

सम्बन्धित शिर्षक :