लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढे ,२० वर्ष मुनिका १० प्रतिशत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्ष मुनिका महिला झण्डै दश प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाहरूको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या नौ दशमलव ६ प्रतिशत देखिएको छ ।प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४/ ०७५ मा ६ दशमलव दुई प्रतिशत रहेकोमा पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव ६ प्रतिशतमा पुगेको देखिएको छ । सूचीकृत…