तिलोत्तमा नगरपालिकामा सडक सामुदायिक कुकुर बन्ध्याकरण सुरु

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण सुरु गरेको छ ।युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चर र तिलोत्तमा नगरपालिका को आयोजनामा आईतबार देखि बन्ध्याकरण सुरु भएको छ । नगरपालिकाले बिगत देखिनै सामुदायिक कुकुर वन्ध्याकरण गर्दै आएको थियो । यस पटक नगर भित्रका भिविन्न वडा बाट ९० वटा कुकुरको बन्ध्याकरण गर्न लागिएको तिलोत्तमा नगर प्रमुख राम कृष्ण खाणले बताए। अहिले ९० वटा कुकुरको बन्ध्याकरण गरिदै छ यसरी नै नगरभित्र रहेका सामुदायिक कुकुरहरुको सर्वे गरेर तथ्याङ्क संकलन गरि वन्ध्याकरण शिविरको आयोजना गर्नु आवश्यकता रहेकोनगर प्रमुख खाणले बताए । कुकुर वन्ध्याकरणका लागि प्राविधिक टिम…