शीतलहरबाट जनता जोगाउन सिडियोलाई गृहमन्त्री रविको निर्देशन

स्वास्थ्यसमाचार/ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख जिल्ला अधिकारीहरुलाई चिसोकै कारण कुनै नागरिकले ज्यान गुमाउने स्थिति आउन नदिने गरी काम गर्न निर्देशन दिएका छन् । जाडोमा तराईमा शीतलहर र उच्च हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा जुट्न गृहमन्त्रीले सोमबार निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी तथा जिल्लामा खटिने सुरक्षाकर्मीहरुलाई निर्देशनको क्रममा गृह मन्त्रालयमा मन्त्री लामिछानेले भर्चुअल सम्बोधन गर्दै बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन विपद् व्यवस्थापनका तयारीमा लाग्न निर्देशन दिएका हुन् । यसका लागि आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल…