क्याबिन नं ६०७ मा सङ्घर्ष : डा.शम्भु खनाल

क्याबिन न. ६०७ मा कृतिका । कृतिकाको अहिले सातौँ महिना बितिरहेको छ ,एउटा अस्पतालको क्याबिन कोठामा । ६०७ नम्बर कोठा । उनको जीवनको अविस्मणीय अंक हुन्छ शायद । यी उनका संघर्षका दिनहरु हुन् । अस्पताल घरजस्तै महसुस गर्न थालिसकेकी छन् कृतिकाले । अस्पतालका सैयासँग अनौठो सम्बन्ध गाँस्न पुगिसकेकी छन् उनले । अनौठो किन भन्दा प्रिय नहुँदा पनि प्रिय हुन पुगेको सम्बन्ध हो नि त ! उनीसँग अरु उपाय पनि त छैन प्रिय नमानी । सधैंजस्तो उनका छालाले स्पर्श गरेका छन् । मायालु हातहरुको मात्र हैन । स्प्रिटको चीसो स्पर्श र…