अपाङ्गता मैत्री मातृत्व स्वास्थ्य सेवा सञ्चालन निर्देशिका सार्वजनिक

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ।  सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो। निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए। उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्‍याउने भन्ने…