गोकर्ण ज्ञवाली(प्रकाश) – गुल्मीमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको इश्मा गाउँपालिका–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालको कुटपिटबाट उनकी ४३ वर्षीया श्रीमती एमी भनिने सुमित्रा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार बेलुका दुवैले सँगै मादक पदार्थ सेवन गरेका थिए। त्यसपछि घरायसी विवाद उत्पन्न हुँदा थमनबहादुरले श्रीमतीमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी सुमित्रालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको गंगाबहादुर सारु ले जानकारी दिए।
घटनापछि थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मी बाट प्रहरी निरीक्षक पर्वतकुमार केसी को कमान्डमा पाँच सदस्यीय टोली खटिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकया दिनुहोस्