बुटवल, ३० वैशाख । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल हस्पिटल प्रा.लि. बीच विभिन्न स्वास्थ्य सेवामा उपचार गर्दा लाग्ने शुल्कमा ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार ईक्यान रुपन्देहीसँग आबद्ध सदस्य, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालमा उपलब्ध विविध उपचार सेवामा सहुलियत पाउने भएका छन् । सम्झौता पत्रमा ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेत र अस्पतालका महाप्रबन्धक देवेश कर्णले हस्ताक्षर गरेका हुन् ।
ईक्यान रुपन्देहीका अध्यक्ष वस्नेतले यो सम्झौताले सदस्यहरूलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, बुटवल हस्पिटलका महाप्रबन्धक कर्णले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घटाउने लक्ष्यसहित अस्पताल सेवा विस्तारमा केन्द्रित रहेको बताए ।
कार्यक्रममा ईक्यान रुपन्देहीका पदाधिकारी तथा अस्पताल व्यवस्थापनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिकया दिनुहोस्