स्वास्थ्य दरबन्दीमा विभेदको आरोप : जनकपुरमा प्रदर्शन, स्वास्थ्य मन्त्री मेहताको राजीनामा माग

स्वास्थ्यसमाचार/ स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोलोजी र सिएमए लगायत पदमा अवसर नदिएको भन्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्।

शनिबार धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध नाराबाजी गर्दै विभिन्न चोकमा प्रदर्शन गरेका हुन्।

उनीहरूले स्वास्थ्य क्षेत्रमा विभेद बन्द गर्न र आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।स्वास्थ्यकर्मी नवेश अधिकारीले ३५ वर्षपछि खुलाइएको दरबन्दीमा आफूहरूलाई शून्य अवसर दिइनु विभेदपूर्ण भएको बताए।

उनका अनुसार देशभर हरेक वर्ष हजारौं स्वास्थ्यकर्मी उत्पादन भइरहेका भए पनि सम्बन्धित पदमा दरबन्दी नखुलाउँदा भविष्य अन्योलमा परेको छ।उनीहरूले सरकारले दुई दिनभित्र निर्णय सच्याउनुपर्ने माग गर्दै अन्यथा सोमबार काठमाडौंमा थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :