लुम्बिनी प्रादेशिक अस्पतालमा एकै दिन १६सय विरामीले लिए सेवा

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको प्रमुख तथा पश्चिम नेपालकै विश्वासिलो उपचार केन्द्रका रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टाको सेवा विवरणअनुसार बिहीबार मात्रै अस्पतालमा कुल १ हजार ५५८ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिएका छन्।

अस्पतालका अनुसार ओपिडी, आकस्मिक कक्ष र क्लिनिकमार्फत उक्त सङ्ख्यामा बिरामीको जाँच तथा उपचार गरिएको हो। जसमध्ये ९५८ जना ओपिडीमा र १४० जना आकस्मिक कक्षमा उपचाररत रहेका थिए। स्वास्थ्य बिमामार्फत सेवा लिनेको संख्या ३०३ रहेको छ।

हाल अस्पतालमा ३४४ जना बिरामी भर्ना भएर उपचाररत छन् भने आईसीयूमा २५, एनआईसीयूमा १२, एसएनसीयूमा १२ र पीआईसीयूमा ४ जना गम्भीर अवस्थाका बिरामी उपचारमा रहेका छन्।

पछिल्लो २४ घण्टामा ५५ वटा शल्यक्रिया र १० वटा प्रसूति सेवा सफलतापूर्वक सम्पन्न गरिएको छ। साथै ५९ जनाले डायलाइसिस सेवा लिएका छन्।परीक्षण तथा निदान सेवामा ९५८ ल्याब परीक्षण, ६४७ रेडियोलोजी सेवा (एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान र एमआरआई) सम्पन्न भएको अस्पतालले जनाएको छ।

अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत १५९ जनालाई निःशुल्क स्वास्थ्य सेवा समेत प्रदान गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विष्णु गौतमले भने, “अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ।  हामीले सके सम्म

सेवा दिन निरन्तर प्रयासरत छौँ।” अस्पताल प्रशासनका अनुसार यो तथ्याङ्कले अस्पतालप्रतिको नागरिकको बढ्दो विश्वाससँगै सेवा माग पनि तीव्र रूपमा बढिरहेको देखाएको छ।अस्पतालले दैनीक बिरामाीको अबस्था सेवा वारे जानकारी गराउदै आएको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :