स्वास्थ्यसमाचार/ बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले लुम्बिनी प्रादेशिक अस्पतालको भमण गर्नु भएको छ।
उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्य सचिव डा जनार्दन पन्थी मेसु डा सुदर्शन थापा क्षेत्रीले स्वागत गर्नु भयो।
लुम्बिनी प्रदेशमा मात्रृमृत्युदर उच्च रहेको आमा सुरक्षा कार्यक्रमको अबस्था अस्पतालमा सञ्चालनमा रहेको ओसीएमसी( लैगिंक हिंसा न्युनिकरण) लाई कमी गर्नको लागी थप लगानी बढाउने उदेश्यले मन्त्री एन्ड्रयु मिचेलको टोलीले अस्पतालको अवलोकन तथा जानकारी लिएको हो।
लुम्बिनीको स्वास्थ्यको अबस्था बारे मुख्यमन्त्री चौधरी नगर प्रमुख पाण्डेयसँग भेटेर यहाँको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनु भयो। बुटबल नगर प्रमुख पाण्डेयले बुटवलले माृतस्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु अगाडि सारेको बताउनु भयो।
सो अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अंग्रेज युद्ध, जितगढी किल्ला र उजिर सिंहको बारेमा जानकारी गराउँदै उजिर सिंहको तस्वीर मायाको चिनोस्वरुप प्रदान गरेका थियो।
उक्त अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा सुर्दशन थापा क्षेत्रीले लुम्बिनी प्रादेशिक अस्पतालमा बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलको भ्रमण उपलब्धी मुलक भएको बताउनु भयो। उहालेको भमणले मात्रृमृत्युदर,वाल मृत्युदर पोषण र ओसीएमसीमा दिदै आएको सहयोगलाई बढाउने भएको बताउनु भयो।
स्वास्थ्य सचिब डा जनार्दन पन्थीले प्रदेशले मातृमुत्युदर अरु प्रदेशमा भन्दा बढी देखिएकोले घटाउन मन्त्रालयले न्युनिकरण कार्ययोजना तयार भैरहेको र अब लागु गर्ने बताउनु भयो। उहाले प्रदेशमा नयाँ तरिकाले प्रशण गर्ने ,रिर्फल सेन्टर सञ्चालन गर्ने र के कारणले बढी रहेको छ कारण खोज्ने बताउनु भयो।
टोलीले अस्पतालमा मातृशिशु बिभाग पोषण पि आईसीयु सिशियु र ओएमसीबिभागमा अबलोकन गरेको अस्पतालका मेट्रोन ज्योति पौडेलले बताउनु भयो।
प्रतिकया दिनुहोस्