यस्ता छन् काँग्रेसको घोषणा पत्रमा समेटिएको स्वास्थ्यका २३ बुँदा

काठमान्डौ/ नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेश सभाका लागि लक्षित गर्दै घोषणापत्र सार्वजनिक गरेको छ। कांग्रेसले आफ्नो घोषणापत्रलाई संकल्प प्रस्तावका रुपमा उल्लेख गरेको छ। कांग्रेसको संकल्प प्रस्तावमा स्वास्थ्यका विभिन्न २३ वटा विषयहरु परेका छन्। कांग्रेसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः सवैलाई स्वास्थ्य बिमा, सवल स्वास्थ्य प्रणाली भन्दै २३ बुँदे संकल्प उल्लेख गरेको छ। नेपाली कांग्रेसले विगतमा लिएको स्वास्थ्य नीतिका कारण नेपालले जनस्वास्थ्यका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै जनता केन्द्रीत एकीकृत राष्ट्रिय स्वास्थ्य प्रणाली विकास गर्ने विषय पनि संकल्प प्रस्तावमा राखेको छ। जनशक्ति उत्पादन र पूर्वाधार निर्माणमा व्यापक वृद्धि भए…