स्वास्थ्यसमाचार बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ। बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताए।उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए। उनले बुटवललाई समृद्ध बनाउनका लागि बुटवल उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताए। ‘स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था र सबै नगरबासीको उत्तिकै दायित्व रहन्छ, उनले भने-यसमा नगरले…