बुटबलको मिलन चोकमा योग तथा आरोग्य केन्द्र स्थापना

स्वास्थ्यसमाचार/ बुटबलको मिलन चोकमा योग तथा आरोग्य केन्द्र स्थापना भएको छ। आज एक कार्यक्रमका बिच बुटबल वडा नं ९का बडा अध्यक्ष प्रदीप कुमार श्रेष्ठले उदघाटन गर्नु भयो। योग तथा आरोग्य केन्द्रका अध्यक्ष कमल कुँबरको अध्यक्षता वडा अध्यक्ष प्रदीप कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको हो।

उदघाटन कार्यक्रममा शुभकामना ब्यक्त गर्दे प्रमुख अतिथी वडा अध्यक्ष प्रदीप कुमार श्रेष्ठले योगले नयाँ बिचार उर्जा र शक्ति दिन्छ दैनिक योग गरे औषधीको समेत सेबन गर्न आबश्यक नभएको बताउनु भयो।मानिसलाई योगले कुदृष्‍टि कुविचार आचारणपरिबर्त गर्नको लागी योग महत्वपुर्ण साधान रहेको बताउनु भयो। अध्यक्ष श्रेष्ठले समाज परिबर्तको लागी योग एक साधान भएको समेत बताउदै वडाले यस्ता कार्यमा सहकार्य गर्ने समेत बताउनु भयो।

पातञ्जल योग समिति नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा प्रकाश पाण्डेले वोल्दै शारीरिक, मानसिक, बौद्धिक तथा आत्मिक विकासका लागि योग सर्वोत्तम पद्धति हो, यसको दाँजोमा अन्य कुनै पनि शारीरिक व्यायाम आउनै सक्दैनन् यस कारण योग गर्नु आबश्यक रहेको उहाले बताउनु भयो

स्वस्थ्य रहनका लागि शारीरिक व्यायामका अन्य उपायभन्दा योग कैयौं गुणा फाइदाजनक रहेको अभ्यास र अनुसन्धानले नै देखाएको वताउनु भयो। उहाले अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ ।योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी रहने भएकोले सबै यस क्षेत्रमा लाग्न आग्रह गर्नु भयो उहाले वडावासीलाई योगमा जौडौ र योगमा बनाउन आग्रह गर्नु भयो।

कार्यक्रममा धर्मगुरु पुरुषोत्तम पाण्डेले योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोग मुक्त बनाउने प्रक्रिया हुन्छ त्यसकारण योगको अति महत्व रहेको बताउनु भयो ।उहाले मनरुपी साधानको लागी योग एक ड्राइभर भएको समेत बताउनु भयो।

उदघाटन कार्यक्रममा योग शिक्षक किरण कुमार शर्माले स्वागत गर्दे संस्था खोल्नु कारण तथा त्यहा उपललब्ध सेवा बारे जानकारी गराउनु भयो उहाले योगबाट अधिकांश नसर्ने रोगका कारणहरूमा असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलत जस्ता कुराहरु पर्ने बताउनु भयो ।

यी सबैलाई हटाई योगले सन्तुलित जीवन जीउन सिकाउनुका साथै रोगलाई निको पर्दछ । योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, बाथरोग, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रेशन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भैसकेपछि निर्मूल पार्न सहयोग पुग्ने भएकोले योगको धेरै महत्व रहेको बताउनु भयो ।

उहाले योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ, जुन सहज र दीर्घकालीन हुन्छ । तर अहिले चलिरहेको जीवनशैली परिवर्तन डरमा आधारित छ, जुन मानिसहरुलाई थाहा हुदा हुदै पनि अबलम्वन गर्न गाह्रो हुन्छ त्यसको लागी योग अनिवार्य भएको उहाँको भनाई छ ।

कार्यक्रममा उहाँले यस योग तथा आरोग्य केन्द्रमा नियमित रूपमा योग तथा विभिन्न आरोग्यहरू बिहान तथा बेलुका नियमित रूपमा सञ्चालनमा आउने कुरा समेत शर्माले बताउनुभयो।लुम्बिनी प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरीक्षक भिम ज्ञवालीको सञ्चालनमा उदघाटन कार्यक्रममा भएको थियो।

सम्बन्धित शिर्षक :