रुपन्देही व्यापार संघमा औषधि र सर्जिकल वस्तुगत उपसमिति गठन

स्वास्थ्यसमाचार/रुपन्देही व्यापार संघमा आबद्ध औषधि तथा सर्जिकल व्यवसायीहरुको वृहत भेलाले औषधि तथा सर्जिकल वस्तुगत उपसमिति गठन गरेको छ । संघको सचिवालयमा भएको भेलाले औषधि वस्तुगत उपसमितिको पुनगर्ठन एबम सर्जिकल तथा केमिकल वस्तुगत उपसमितिको गठन गरेको हो । भेलाले कपिल ज्ञवालीको संयोजकत्वमा ११ सदस्यीय औषधि वस्तुगत उपसमिति गठन गरेको छ भने दिपक खनालको संयोजकत्वमा ९ सदस्यीय सर्जिकल वस्तुगत उपसमिति गठन गरेको छ । औषधि वस्तुगत उपसमितिको सह–संयोजकमा राजकुमार श्रेष्ठ, सचिवमा निर्मला पैनी, सह–सचिवमा प्रकाश क्षेत्री, कोषाध्यक्षमा सरस्वती पराजुली, सदस्यहरुमा अमृता भण्डारी, ज्ञानु पुन, प्रेमप्रसाद शर्मा, लेखनाथ न्यौपाने, शेषकान्त पोखरेल, भक्त शर्मा…

स्थापना दिवसमा औषधीथोक व्यवसायी रुपन्देहीको त्रिवेणीधामा निशुल्क औषधी बितरण

स्वास्थ्यसमाचार नेपाल औषधी थोक व्यवसायी संघ जिल्ला शाखा, रुपन्देहीले स्थापना दिवसको असरमा  त्रिवेणीधाम ज्येष्ठ नागरिकलाई निशुल्क औषधी बितरण गरेको छ। थोक औषधी व्यवसायी संघ जिल्ला शाखाले आफनो स्थापना दिबशको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधी तथा औषधिजन्य सामाग्री वितरण गरेको हो।   संघका अध्यक्ष कृष्ण बहादुर जिसीका अनुसार  त्रिवेणी धाम आश्रममा रहेका बृदबृदाहरुलाई  औषधी तथा औषधी जन्य बितरण गरेको बताउनु भयो उहाले त्यहा रहेका बृदबृदाहरुलाई नि क्याप,बेल्ट मालिस तेल माक्स हटबाटरब्याग सिटामोल लगायतका  औषधी उहाँहरुलाई प्रदान गरेको बताउनु भयो। उक्त अबसरमा जिल्ला उपाध्यक्ष सुदीप पाण्डेय,सचिब करन न्यौपाने…

कानून विपरित सञ्चालित वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षण पछि कानून विपरित महंगोमा औषधि विक्रिबितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गराएको छ । वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो । विरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किनाउने…

घोराही उपमहानगरमा औषधी खरिदमा ढिलाइ हुँदा बिरामीलाई समस्या

स्वास्थ्यसमाचार/दाङको घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुर सहरी प्रवर्धन केन्द्रमा सिटामोल, एन्टासिट, जीवनजल, एस्पिरिनलगायतका अत्यावश्यक औषधी पाइँदैन । सरकारले निःशुल्क घोषणा गरेका यी औषधी बिरामीले सहजै पाउनुपर्ने भए पनि घोराही उपमहानगरपालिकाले औषधी खरिदमा ढिलाइ गर्दा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या हुने गरेको छ । निःशुल्क घोषणा गरेका औषधी नागरिकले बाहिर किन्नुपर्ने बाध्यता छ । मङ्सिरसम्म औषधी भए पनि पछिल्लो समय औषधी सकिँदा बिरामीलाई बाहिर खरिद गर्न सुझाव दिने गरेको नारायणपुर सहरी प्रवर्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्य बताउनुहुन्छ । प्रवर्धन केन्द्रका प्रमुख आचार्यले भन्नुभयो, “गत मङ्सिरसम्म निःशुल्क रूपमा पाइने औषधी थिए तर अहिले सकिएका छन् । औषधी नहुँदा सेवाग्राहीलाई…

पश्चिम नवलपरासीमाअनुगम समितिद्वाराऔषधी र प्रयोगशालामा सिल

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा एक औषधी पसल र एक प्रयोगशालालाई रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले सिल गरेको छ । नगरमा अवैध रूपमा एक औषधी पसल र एक प्रयोगशाला सञ्चालन गरेको पाइएकोले नगरस्तरीय अनुगमन समितिले औषधी पसल र प्रयोगशालामा सिल गरेको हो । स्थानीयबाट व्यापक जनगुनासो आएपछि औषधी पसलहरूलाई अनुगमन गरिएको रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम् कार्यवाहक नगरप्रमुख सम्झना चौधरीले जानकारी दिईन् । अनुगमन समितिले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा कुनै पनि निकायमा दर्ता नभएको गुप्ता मेडिकल हललाई सिल गरिएको र सोही वडा स्थित पटखौलीमा रहेको सेलिसा फर्माद्वारा सञ्चालित…

थप २० किसिमका औषधि उत्पादन गर्ने तयारीमा : औषधि लिमिटेड

स्वास्थ्यसमाचार/नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ…

औषधि व्यवसायी भट्टराई उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष निर्वाचित

स्वास्थ्यसमाचार /औषधि व्यवसायी रुपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराई बुटवल उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्ष निर्वाचित हुनुभएको छ। संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालको लागि उद्योग उपाध्यक्ष भट्टराई निर्वाचित हुनु भएको हो। उद्योग उपाध्यक्ष पदमा ७७८ मत सहित सुरज भट्टराई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयो । नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही का संस्थापक अध्यक्ष तथा ग्रेस फार्मास्यूटिकल्सका मेनेजिङ डाईरेक्टर  सनराइज मेडिसिन सप्लायर्सका संञ्चालक समेत रहनु भएको छ। यस्तै संघको अध्यक्षमा हरि…

१०३ प्रकारका एन्टिवायोटिक औषधी प्रयोग नगर्न विभागको निर्देशन

स्वास्थ्यसमाचार/औषधि व्यवस्था विभागद्वारा आज एक सुचना प्रकाशित गर्दै डब्लुएचओबाट सिफारिस नगरिएका १०३ प्रकारका एन्टिवायोटिक औषधी नेपालमा दर्ता तथा नविकरण नगरिने बताएको छ। श्बिश्व स्वास्थ्य संगठनवाट सुचिकृत सिफारिस नगरिएका १ सय ३ प्रकारका प्रतिजैविक औषधि नट रिकोमेन्डेट एन्टिवायोटिक्स)को सूची प्रकाशित गर्दै विभागले उत्पादन अनुज्ञापत्र, बजार विक्रि-वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नबिकरण नगर्ने, सो समिश्रण उत्पादन गर्ने प्रयोजनार्थ कच्चा पदार्थको प्रमाणपत्र नबिकरण-परिमाण वृद्धि नगर्ने-नगराउने जनाएको हो। सुचनामा भनिएको छ ‘प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, रोकथाम गर्न तथा नियन्त्रण गर्न नेपाल सरकारले प्रतिजैविक प्रतिरोधको विश्वब्यापी कार्य योजनासंग मेल खाने गरी “एक स्वास्थ्य”…

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएका छन् । औषधि व्यवस्था विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको २०७९ /०८० को समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकोले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ स्वास्थ्य उपचार औषधिको गुणस्तरमा भर पर्छ । विभागले गुणस्तर कामय राख्न परिक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । जनताले गुणस्तरीय औषधि पाउनु पर्छ । ’ सिमित जनशक्ति र श्रोतको…

बुटवलका औषधी ब्यवसायी गंगा ढकाल आईतबार देखि सम्पर्क बिहिन

स्वास्थ्यसमाचार/बुटवलका औषधी ब्यवसायी गंगा ढकाल गएको आईतवारका दिन देखि सम्पर्क बिहिन भएका छन्। लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सन्चालन गर्दै आएका ५३ बर्षिय ढकाल शनिवार अपरान्ह घरबाट हिडेपछि खवर बिहिन भएको पारिवारीक श्रोतले जनाएको छ। पारिवारीक श्रोतका अनुसार ढकाल शनिवार सांझ बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ।आईतवार बिहान चितवनकै एक कुरीयर मार्फत आफुले लगाएका कपडा र आफुलाई अव नखोज्नु भन्ने सन्देश पठाएका थिए। पारिवारीक श्रोतका अनुसार मोवाईल फोन र घडी समेत घरमै छोडेर गएका ढकाल आईतवार सांझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको…